Vutlaxapu
Laxmibhuwan sun chadi

सुर्नयामा खाद्य ‘डिपो’ स्थापना गरिने

गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबिच सम्झौता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडीः बैतडीको सुर्नया गाँउपालीकामा खाद्य डिपो स्थापना हुने भएको छ।सुर्नया गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबिच सम्झौता भएको हो । खाद्यान्नको सहज उपलब्धता, आपूर्ति तथा बजार मूल्य स्थायित्वका लागि सहकार्य गर्न गाउँपालिका र कम्पनीबिच सम्झौता भएको छ।

खाद्य संकटग्रस्त क्षेत्रमा जनताको खाद्य सुरक्षाको सुनिश्चित गर्न, खाद्यान्न भण्डारण, ढुवानी, विक्री तथा बजार व्यवस्थापनमा सहकार्य गर्न सम्झौता गरिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुवँरले जानकारी दिए।गाउँपालिकामा ‘डिपो’ पनि सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ ।

जय भगवति मेलौली सुनचाँदी

खाद्यान्नको सहज उपलब्धता, आपूर्ति तथा बजार मूल्य स्थायित्वका लागि गाउँपालिकामा खाद्य ‘डिपो’ सञ्चालनमा सहकार्य गर्ने गरी सम्झौता गरिएको उहाँले बताए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्नको ढुवानी र दैनिक विक्री व्यवस्थापन, जनशक्ती व्यवस्थापन तथा कम्प्युटर बिलिङ् प्रणाली सञ्चालन गर्ने र स्थानीय तहले संकलन गरेका रैथाने बालीहरुको खरिद र बजारीकरण गर्ने सुर्नया गाउँपालिकाका रोजगार संयोजक सुरेन्द्र सिंह धामीले जानकारी दिए।

सोमबार गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुवँर र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतबिच उक्त सम्झौता भएको हो ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page