Vutlaxapu
Laxmibhuwan sun chadi

ब्रोड पिकको हिमपहिरोमा परी दसै जना आरोहीको निधन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका सबै आरोहीको निधन भएको छ।

बिहीबार बिहान हिमपहिरोमा परेका नेपालका विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्स दाइ’ पुर्जासहित दसै जना आरोहीको निधन भएको हो।

पुर्जा संस्थापक रहेको एलिट एक्सपेडले उनीसहित दसै जना आरोहीको दुःखद निधन भएको पुष्टि गरेको हो।

आरोहण दल पुर्जाकै नेतृत्वमा थियो।

बिहीबार बिहान करिब ६ हजार ७०० मिटर उचाइमा पुगेपछि खसेको हिमपहिरोमा परी उनीहरू सबै बेपत्ता भएका थिए।

नेपालका पुरबहादुर गुरूङ, ओमानका नधिरा अहमद अब्दुल्लाह अल हार्थी र अमेरिकी आरोही मालोरी गाइसको शव शुक्रबार नै भेटिएको थियो।

नेपालका किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा र नवाङ थिन्डु शेर्पा तथा पाकिस्तानका सोहेल साखी र चीनका वाङ जोङको खोजी गर्न शनिबार बिहानैदेखि उद्धार टोली परिचालन गरिएको थियो।

जय भगवति मेलौली सुनचाँदी

अपराह्नसम्म खोजी गर्ने क्रममा उनीहरू सबैको निधन भएको एलिट एक्सपेडले पुष्टि गरेको छ।

आरोहण व्यवस्थापक सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईंले उद्धार टोलीले खोजी गर्ने क्रममा उनीहरुको शव देखिएको जानकारी प्राप्त भएको बताए।

काराकोरम हिमशृंखलामा अवस्थित विश्वकै खतरनाक मानिने के-२ केही दूरीमा छ ब्रोड पिक। यो हिमाल पनि के-२ जत्तिकै खतरनाक मानिन्छ।

समुद्र सतहबाट ८ हजार ५१ मिटर उचाइमा रहेको यो हिमाल विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटा हिमालहरूमध्ये १२ औं स्थानमा पर्छ।

उनले ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गर्दै नयाँ विश्व कीर्तिमान बनाएका थिए।

ब्रोड पिकपछि चोयू हिमाल चढेको खण्डमा पुर्जा ती सबै १४ हिमाल दोहोर्‍याएर आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्ने थिए। उनले यो कुरा आरोहणअघि आफ्नो फेसबुकमा पनि लेखेका थिए।

शुक्रबार नै मृत भेटिएका पुरबहादुर गुरूङ ‘युक्ता’ पनि संसारकै १४ हिमालको सफल आरोहणको नजिकमा थिए। उनले सगरमाथा हिमाल १० पटक आरोहण गरिसिकेका छन्।

अघिल्लो वसन्त ऋतुमा मात्रै युक्ताले नेपालका तीनवटा ८ हजार मिटर माथिका हिमाल चढेका थिए। त्यो मौसमको अन्त्यसम्ममा उनको नाममा १० पटक सगरमाथा आरोहण र १२ वटा ८ मिटर माथिको हिमाल आरोहणको सफलता उनको नाममा दर्ज भइसकेको थियो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page