


बैतडी – चैत्र २७ गते हुन गइरहेको स्वबियु निर्वाचनमा सुदुरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस जगन्नाथ बहुमुखी क्याम्पस गोठालापानी बैतडीमाअनेरास्ववियुले बलियो टिम खडा गरेको छ।उमेश बडुको नेतृत्वमा जगन्नाथ बहुमुखी क्याम्पसमा अनेरास्ववियु चुनावी मैदानमा उत्रिएको हो।स्ववियु अध्यक्ष पदका उम्मेदवार उमेश बडु १० बर्षको उमेरदेखिनै बाल क्लवमा जोडिदै सामाजिक क्षेत्रमा जोडिएका व्यक्ति हुन् ।

उनले नगर बाल सञ्जालको अध्यक्ष हुँदै नगर युवा सञ्जालको अध्यक्षको रुपमा काम गरिसकेका छन् । उनी ग्ल्ँएब्, ख्क्ग्, पिसओइन र रेडक्रस अन्तर्गत रहेर लामो समय किशोर किशोरी संग सम्बन्धीत रुपान्तरण कार्यक्रममा सहभागी भैसकेका छन ।पछिल्लो समयमा उनी बिभिन्न सामाजिक र सेवामुलक संस्थाहरुमा जोडिएर समाज सेवामा सक्रिय रहेका छन् । उनी सानै उमेर देखि समाजका हरेक पक्षमा चिन्ता र चाँसो राख्ने गरेका छन् । उनको अब्बल नेतृत्व क्षमताले नै सामाजिक संघ संस्था र हरेक कार्यक्रमहरुमा नेतृत्व गर्दै आइरहेका छन् । यही उच्च नेतृत्व क्षमता, अनुशासन, लगनशीलता र इमानदारीताले गर्दा आउने स्ववियु चुनाव जित्नेमा उनी ढुक्क छन् ।


उनी नमुना युवा संसद अभ्यासमा मेयर हुँदै राष्ट्रिय युवा परिषदको प्रदेश र केन्द्रसम्मको कार्यक्रममा सहभागी भैसकेका छन् । आउने दिनमा विद्यार्थीहरुका हक, अधिकारका मुद्धा उठान गर्न र क्याम्पसको चौतर्फी बिकासका लागि आवाज उठाउने योग्य व्यक्ति भएकोले उनको पक्षमा विद्यार्थीहरुको क्रेज बढ्दै गइरहेको छ ।

स्ववियुको गरिमा कायम राख्न र आउने दिनमा विद्यार्थीहरुको साझा संस्थाको रुपमा स्थापित गर्न योग्य व्यक्ति भएकोले उनले सजिलै चुनाव जित्ने अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष योगेश मौनीले बताउछन। समाजमा निम्न वर्ग र आवाज विहिनहरुको हक अधिकार र समाजमा व्याप्त विकृति विसंगतिका विरुद्ध अग्रपंक्तिमा उभिएर काम गर्दै आइरहेका वडुले लामो समयदेखि समाजका हरेक चुनौतीहरुको सामना गरेका र उनले विगतको भोगाइ र अनुभवलाई स्ववियुमा प्रयोग गरेर आउने दिनमा जगन्नाथ बहुमुखी क्याम्पसलाई नमुना क्याम्पसको रुपमा परिचित गराउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् । उनले सम्पुर्ण विद्यार्थीहरुलाई एकपटक मौका दिएर हेर्न अनुरोध गरेका छन् र आगामी दिनमा सबैले गर्व महसुस हुने गरी काम गर्ने बताएका छन् ।
बडुको टिममा सचिवमा रेखा चुनारा, कोषाध्यक्षमा नबिन भट्ट, प्रतक्ष्य तर्फ सदस्यमा खुशी सिनाल,बबिता बोहरा, सन्तोषी बिष्ट,मनिसा जोशी चुनावी मैदानमा छन्।
यस्तै समानुपातिक तर्फ निर्मला बोहरा,भावना बडु,नविना भट्ट,प्रकाश दत्त भट्ट रहेका छन।




