


बैतडी -बैतडीमा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ बैतडीको तेश्रो अधिवेसन सम्पन्न भएको छ। शनिबार सम्पन्न अधिवेशनबाट बिर बहादुर खातीको अध्यक्षतामा१५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको एमाले जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए।

भण्डारीका अनुसार उपाध्यक्षमा लोकेन्द्र नाथ योगी,महिला उपाध्यक्षमा टिकेश्वरी ओझा, सचिवमा प्रताप सिंह नायक, सह-सचिवमा हिक्मत बहादुर कुँवर, कोषाध्यक्षमा किरण बहादुर बोहरा लगायत १५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।
एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिसद सदस्य मोहन थापा ,एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बिक, उपाध्यक्ष लोकेन्द्र भण्डारी,एमाले सचिवालय सदस्य निर्मल पाण्डे, स्वास्थ्यकर्मि महासंघका केन्द्रीय कमिटी सदस्य पुरुसोत्तम नाथ, पुर्व केन्द्रीय सदस्य भुवन जोशी, निजामती कर्मचारी सँगठन जिल्ला सचिव लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।




