Vutlaxapu
Laxmibhuwan sun chadi

जनताले जितेको दिन’को स्मरणमा ‘यूथ सेलिब्रेशन’आज: बैतडीबाट ३ सय बढि युवा काठमाडौं पुगे

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेकपा एमालेले युवालाई ‘जनताले जितेको दिन’ को स्मरण गराउने उद्देश्यले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते बिहीबार ‘यूथ सेलिब्रेशन’ को आयोजना गर्दैछ ।सो कार्यक्रममा बैतडीबाट ३ सय बढि युवा काठमाडौंको भृकुटीमण्डपमा पुगेका छन।

जय भगवति मेलौली सुनचाँदी

युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिनको रूपमा वैशाख ११ गते भृकुटीमण्डपमा ‘यूथ सेलिब्रेशन’ समारोह आयोजना गर्न लागिएकोले ३ सय बढि युवा लाइ काठमाडौंको भृकुटीमण्डपमा हुने कार्यक्रममा सहभागि गराइएको एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बिकले बताए।

 

नयाँ पुस्तामा राजनीतिक परिवर्तनको महत्त्व स्थापित गर्ने योजना अन्तर्गत कार्यक्रम आयोजना गरिएकाले राष्ट्रव्यापी रूपमा युवाको सहभागिताका लागि कार्यक्रममा बहस हुने एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्टले बताए।

भृकुटीमण्डपमा हुने युवा उत्सवमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनेछन् । कार्यक्रममा विभिन्न चर्चित कलाकार ब्यान्डको साङ्गीतिक प्रस्तुति, फोटो सेसन, टिकटक, लगायत युवाहरूलाई मनोरञ्जन दिन सकिने व्यवस्था मिलाएको एमालेले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page