



बैतडी ।बैतडीको दोगडाकेदारमा अटो दुर्घटनामा परेको छ।अटो दुर्घटना हुदा २ जना घाइते भएका छन। घाइते हुनेमा दोगडाकेदार गाउँपालिका वडा नं३ कफल्डाकी की अन्दाजी ४२वर्षिया धनपति भाट र सोही ठाउँकी अन्दाजी ३२वर्षीया जानकी भाट रहेकी छिन।दोगडाकेदार गाउँपालिका वडा नं ३ सिल्लेगडा मेलाबाट घर फर्किनेबेला खोचेलेक बजार भन्दा अगाडि अटो दुर्घटनामा परेको हो।घाइते दुबैजनालाइ उपचारको लागि जिल्ला अस्पताल बैतडी पठाइएको र अटोचालक प्रहरी नियन्त्रणमा रहेको खोचेलेक प्रहरीले बताएको छ।




