Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा निजामती कर्मचारी संगठनको बैठकमा सुझाव संकलन देखि योग सम्म

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकामा नेपाल निजामति कर्मचारी‌ संगठनले आर्थिक बर्ष २०८२/०८३ को निती तथा कार्यक्रम र बजेट सम्बन्धि राय सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ।नेपाल निजामति कर्मचारी‌ संगठन दोगडाकेदार कार्यसमिति अध्यक्ष नरेन्द्र नाथको अध्यक्षतामा क्याम्पस हलमा बसेको बैठकमा दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्की प्रमुख अतिथी रहेकि थिइन।

यस्तै दोगडाकेदार गाउँपालिका वडा नं -६ अध्यक्ष गोपाल सिंह कार्की, गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशी,नेपाल निजामति कर्मचारी‌ संगठन बैतडी जिल्ला अध्यक्ष पदम बहादुर कार्की, राष्ट्रसेवक वचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष प्रयागराज पन्त बिशिष्ट अतिथि रहेका थिए।

बैठकमा नेपाल निजामति कर्मचारी‌ संगठनले निजामति कर्मचारी‌का जायज मागहरु र कार्यरत कार्यालयका समस्याहरु स्थानिय सरकारसंग निती तथा कार्यक्रममा समाबेस गरिदिन आग्रह गर्दै कार्यक्रम सम्पन्न गरेको हो। बजेटले भ्याए सम्म कार्यक्रममा निजामति कर्मचारी‌ संगठनले उठाएका जायज मागहरु पुरा गरिने र विभिन्न कार्यालयमा देखिएका समस्याहरु सक्दो समाधान गरिने दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्कीले बताइन।

 

कार्यक्रममा योग दिवसका अवसरमा योगका बारेमा योग प्रशिक्षक प्रताप महराले स्वास्थ्यका लागि योग गर्न आवस्यक रहेको बताए।

जय भगवति मेलौली सुनचाँदी

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page