Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडी जिल्लामा ६७ प्रतिशत मतदान

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: बैशाख ३० स्थानियतहको निर्वाचन अन्तरगत आज भएको मतदानमा बैतडीमा ६७.२२प्रतिशत मतदान भएको छ ।

जिल्ला निर्वाचन अधिकारी माधव प्रशाद फुयालका अनुसार जम्मा १लाख ४०हजार २सय १ मतदाता मध्ये ९९हजार ८सय ९६ जनाले मतदान गरेका हुन् ।

मतदान गर्नेमा महिला ५४हजार ३सय ९६ रहेका छन् भने, पुरुष ४५हजार ५सय रहेकाछन् ।

जय भगवति मेलौली सुनचाँदी

जिल्लाको सबैभन्दा बढी मतदान हुने स्थानियतहमा जिल्लाको पुर्चौडी नगरपालिका रहेको छ । जहाँ ७१ प्रतिशत मतदाताले मतदान गरेकाछन् ।

डिलाशैनी गाउँपालिकामा ७० प्रतिशत, सुर्नया गाउँपालिकामा ६८ प्रतिशत, शिवनाथ गाउँपालिकामा ६७ प्रतिशत, मेलौली नगरपालिका र पाटन नगरपालिकामा ६६ प्रतिशत मतदान भएको छ ।

यसैगरी दोगडाकेदार गाउँपालिकामा ६५ प्रतिशत, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र सिगास

गाउँपालिकामा ६० प्रतिशत बढी मतदान भएको सम्बन्धीत पालिकाका निर्वाचन अधिकृतले जनाएकाछन् ।#starbulletin

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page