गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीमा एमालेको जागरणसभा शनिवार: १० हजार बढि कार्यकर्ता गोठलापानिमा उतार्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ

बैतडी: नेकपा (एमाले)ले कार्तिक २९ गते जागरण सभा बैतडीको गोठलापानीमा आयोजना गर्ने भएको छ।

वर्तमान राजनितिक परिस्तिथिको बारेमा जनतामाझ प्रष्ट पार्दै लोकतन्त्रको रक्षाको लागि जागरण सभाको आयोजना गरिएको एमाले जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए। प्रतिगमन विरुद्ध जागरण अभियान तथा सचेतना कार्यक्रम स्वरुप जनसभा गर्न लागिएको एमाले जिल्ला कमिटी उपाध्यक्ष भण्डारीले बताए। कार्यक्रममा र्यालाी र सभा हुने छ । उपाध्यक्ष भण्डारीका अनुसार भोलि दिउँसो १२ः०० बजे साहिलेक छेलाबाट र्यालाी सुरु हुनेछ । साहिलेक गढी हुँदै र्यालाी गोठलापानीमा पुगि कोण सभामा परिणत हुनेछ ।

खालि ठाँउ २

सभामा नेकपा एमालेका केन्द्रीय , प्रदेश र जिल्लाका प्रमुख नेताहरुले संवोधन गर्नेछन् ।

र्यालाीका क्रममा विभिन्न नारा लगाइने तय भएको छ। नेकपा (एमाले) जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद, हत्या, हिंसा, आतंक बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर, शान्ति सुरक्षाको प्रत्याभूति गर, भदौ २३ र २४ गतेको अपराधिक घटनाको निष्पक्ष छानबिन गर, सामाजिक सद्भाव कायम गरौं, संविधानको रक्षा गर, कानुनी राज्यको प्रत्याभूति गर, वीर सहिद अमर रहुन्, प्रतिनिधि सभा पुनः स्थापना गर लगायतका नारा र्यालाीका क्रममा लगाइने छ ।

जनसभाको व्यापक तयारी भइरहेको अध्यक्ष नरेश बिकले जानकारी दिए । उनले जिल्ला जनसभामा सहभागि हुन ८ हजार ५ सय १४ जना पार्टी सदस्य र आम जनसमुदायलाई आह्वान गरेका छन् । उनले भने, ‘जन सभामा सहभागि हुन एमालेको कार्यकर्ता तथा एमाले समर्थक नै हुनुपर्छ भन्ने छैन, जो कोही पनि आउनुहोला, एमालेले के भन्दैछ सुन्नुहोला । अनि आफ्नो धारणा बनाउन तपाईं स्वतन्त्र हुनुहुन्छ।

शनिबार बैतडीको दसवटै स्थानिय तहबाट एमाले कार्यकर्ता र एमालेप्रति आस्थावान जनसमुदायको सहभागितामा रहनेछ। एमालेको जागरणसभालाइ मध्यनजर गर्दै सुरक्षा व्यवस्था समेत कडा पारिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page