Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा सीमान्तकृत समुदाय लक्षित आयमूलक कृषि कार्यक्रम सुरु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेश सरकारले एकल महिला, अपाङ्गता भएका व्यक्तिहरू, मुक्त कम्लहरी तथा अन्य सीमान्तकृत समुदायलाई लक्षित गरी आयमूलक कृषि कार्यक्रम सुरु गरेको छ। कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख घनश्याम चौधरीका अनुसार जिल्लामा किसान छनोट गरेर कार्यक्रम कार्यान्वयन अघि बढाइएको छ, र प्रदेशका अन्य जिल्लामा पनि यसको प्रक्रिया चलिरहेको छ।कार्यक्रमअन्तर्गत परिचयपत्र प्राप्त इच्छुक एकल महिला, अपाङ्गता भएका तथा विपन्न, आणि मुक्त कम्लहरीहरूलाई जनही १५ हजार रुपैयाँ बराबरको कृषि कार्य गरेबापत भुक्तानी उपलब्ध गराइनेछ। यो रकम कृषि ज्ञान केन्द्रमार्फत किसानले गरेको कामको अनुगमन र मूल्याङ्कनपछि प्रदान गरिने छ।

तरकारी, च्याउखेती, मौरीपालन तथा रैथाने थारू आलुखेती कार्यक्रमका मुख्य क्षेत्र भएका छन्। यसका लागि कैलालीमा २०० किसान छनोट भइसकेका छन्। चालु वर्षमा कुल ४०० किसानलाई समेट्ने लक्ष्य राखिएको छ, र कैलालीमा मात्र ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page