Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधिले भाग लिने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ —एमालेको ११औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लागेको छ । केन्द्रीय कमिटी, भूगोल, जनवर्गीय संगठनहरू, पार्टी विभागहरू र मनोनीत गरी २ हजार २ सय ६२ प्रतिनिधिको टुंगो लागेको हो । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार १ सय ८ जना मनोनीत भएपछि महाधिवेशन प्रतिनिधिको टुंगो लागेको हो । केन्द्रीय कमिटी सदस्य ३ सय ५५, केन्द्रीय अनुशासन आयोग २९, लेखा आयोग ३०, निर्वाचन आयोग २५, सल्लाहकार परिषद्‍बाट २५ सिधै चयन भएका छन् । हालै केन्द्रीय सचिवालयले १ सय ८ जना मनोनीत गरेको छ ।

निर्वाचन क्षेत्रबाट करिब १ हजार १ सय ३५ प्रतिनिधि चयन भएका छन् । महाधिवेशन प्रतिनिधिका लागि २० जिल्लाका विभिन्न क्षेत्रमा निर्वाचन भएको थियो ।निर्वाचित प्रतिनिधिका रूपमा स्वदेशका प्रदेशस्तरीय (विशेषसमेत) कमिटीमा कार्यरत पार्टी सदस्यबाट कम्तीमा दुई महिला सदस्यसहित पाँच जनाका दरले ४५ जना प्रतिनिधि छानिएका छन् ।

जय भगवति मेलौली सुनचाँदी

कुनै प्रदेशमा न्यूनतम १ हजार २ सय पार्टी सदस्यमा थप ८ सय सदस्य नाघेमा थप एक महिला प्रतिनिधि र त्यसपछि प्रत्येक थप ८/८ सय नाघेमा थप निर्वाचित खुला एक प्रतिनिधि चयन भएका छन् । त्योभन्दा बढी भएमा सोही अनुपातमा पहिलो ८ सयमा महिला र अन्यमा खुला निर्वाचित भएका छन् । यसरी निर्वाचन क्षेत्रबाट करिब १ हजार १ सय ३५ प्रतिनिधि चयन भएका छन्।

सबै जिल्ला र १ सय ६५ निर्वाचन क्षेत्रबाट १ हजार २ सय सदस्य बराबर एक प्रतिनिधि, त्यसमा ४० वर्षमुनिका एक युवा हुनुपर्ने र कम्तीमा एक जना महिलासहित ४ प्रतिनिधि छानिने विधि तय भएको थियो ।

विशेष जिल्लामा १ हजारमा २ सय पार्टी सदस्य बराबर कम्तीमा एक महिलासहित तीन प्रतिनिधि निर्वाचित भएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page