Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किँदा चार जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी): बैतडीमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किदा चार जना घाइते भएका छन्। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ हिरापुर नजिकै आज बिहान १० बजेतिर सु.प.प्र.०१००१ ख ३११९ नम्बरको मिनि ट्रक र बा ८ च ९०५२ नम्बरको अल्टो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परेर बझाङको खप्तडछान्ना गाउँपालिका–२ घर भएका ४२ वर्षीय देवेन्द्र थापा, सोही ठाउँकी ४० वर्षीया गीताकुमारी खड्का, सोही ठाउँकी ३७ वर्षीया दिपेश्वरी हमाल र कञ्चनपुरको बेदकोटका ३८ वर्षीय केशवराज जोशी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

 

दुवै सवारीसाधन बैतडीको पाटनबाट धनगढीतर्फ जाँदै गरेको जनाइएको छ। घुम्तीा ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा अल्टो सडकबाट करिब ५ मिटर तल खसेको प्रहरी निरीक्षक सिंहले बताए। घाइतेको अवस्था सामान्य रहेको र चारै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page