


बैतडी:बैतडीको पुर्चौडी नगर पालिका वार्ड न ५ काटै गहताड कुवाकोटमा रहेको श्री भुमिराज माध्यमिक विद्यालयमा आज राष्ट्रीय प्रसारण लाइनको बिधुत जडान भइ बत्ती बलेको छ।

सोमबार एक कार्यक्रमका बिच पुर्चौडी नगर पालिकाका नगर प्रमुख दिपक बहादुर बम र निबर्तमान नगर प्रमुख रण बहादुर कुँवरले सयुक्त रुपमा बुजुली बत्तीको समउद्वाटन गरेका हुन।कार्यक्रममा बिद्युत कार्यालय बैतडिका कार्यालय प्रमुख पुर्चौडी नगरपालिका वार्ड न १ का अध्यक्ष गणेश गडाल ,स्थानिय बिद्यालय परिवार सहितको उल्लेखनिय उपस्थिती थियो।
राष्ट्रीय प्रसारणको बिद्युत पुगेपछी बिधालय परिवार लगायत विधार्थीहरु खुशी भएका छन भने विधालय वरीपरि रहेको भुकल्ला बजार क्षेत्रमा पनि छिट्टै बिद्युत लाईन बिस्तार हुने बिद्युत प्राधिकरण कार्यालय बैतडिका प्रमुखले बताएका छन ।विद्यालयमा बिद्युत बिस्तार हुदा कम्युटर कक्षा र अन्य डिजिटल कक्षा सन्चालन गरिने बिद्यालयका सहायक प्रधानाध्यापक अशोक बहादुर कुँवरलाइ उदृत गर्दै बैतडीबुलेटिन सम्वाददाता हरि साँउदले बताए।




