Vutlaxapu
Laxmibhuwan sun chadi

हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षले सहसचिव पार्वती शर्मालाई लेखे चिठ्ठी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:चार महिना हुन लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृत नपठाए पञ्चेश्वर गाउँपालिका, बैतडीका अध्यक्ष गोरख बहादुर चन्दले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव पार्वती शर्मालाई चिठ्ठी/म्यासेज लेखेका छन्। उनले पार्वती शर्मामाथि गम्भीर आरोप लगाउँदै चिट्ठी लेखेका हुन्।

अध्यक्ष चन्दले ‘जनताको अधिकारलाई तपाईंहरुजस्ता भ्रष्ट कर्मचारीहरुले गोजीमा लुकाएर राख्नु भएको छ’, भनेर गम्भीर आरोप लगाएका छन्। अस्तिको ‘जेन-जी’ आन्दोलनले नपुगेको भन्दै अध्यक्ष चन्दले ‘अर्को पटक प्रमुख प्रशासकीय अधिकृत माग्न काठमाडौं जानु पर्यो भने पार्वतीलगायत त्यो मन्त्रालयभित्रका भ्रष्टाचारी कर्मचारीहरुले आजैदेखि सोचिराखे हुन्छ।’ भनेर लिखित आक्रोश पोखेका छन्।

 

यस्तो छ पञ्चेश्वरका अध्यक्ष चन्दले पार्वतीलाई पठाएको चिठ्ठी/म्यासेज

 

जय भगवति मेलौली सुनचाँदी

सहसचिवज्यू, नमस्कार !

 

म पञ्चेश्वर गाउपालिका बैतडीको अध्यक्ष गोरख बहादुर चन्द, तीन महिनादेखि पञ्चेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैन। तपाईंहरुले भाद्र महिनामा हाजिर भएको प्रमुख प्रशासकीय अधिकृतलाई दुई महिना नपुग्दै कार्तिकमा सरुवा गरिदिनु भयो। त्यो त ठिकै गर्नुभयो तर विकल्प दिएर सरुवा गर्दा पनि हुन्थ्यो । त्यसपछि प्रमुख प्रशासकीयको माग गर्दै म आफैं सिंहदरबार तपाईंहरुको दरबारमा लगातार बिन्ती विसाय तर तपाईंहरुले टालटुले जवाफ दिएर मलाई फर्काइदिनु भयो। हालसम्म पनि प्रमुख प्रशासकीय अधिकृत नभएर यस आर्थिक वर्षका सबै कार्यक्रम ठप्प छन्। कर्मचारीहरुले तलबभत्ता खान सकेका छैनन्। शिक्षकहरुको तलब निकाशा हुन सकिरहेको छैन। सामाजिक सुरक्षा भत्ता पाएका छैनन्। तपाईं सिंहदरबारको घुम्ने कुर्सीमा बसेर अर्ति र उपदेश बाँड्दै हिँड्नु भएको होला! संघीयताका लागि त्यत्रो आन्दोलन भएको थियो। कैयौं मानिसहरुले ज्यान गुमाएर बलिदानी गरेका थिए तर जनताको अधिकारलाई तपाईंहरुजस्ता भ्रष्ट कर्मचारीहरुले गोजीमा लुकाएर राख्नु भएको छ। अस्तिको ‘जेन-जी’ आन्दोलनले तपाईंहरुलाई नपुगे जस्तो छ। अर्को पटक प्रमुख प्रशासकीय अधिकृत माग्न काठमाडौं आउनु पर्यो भने तपाईंलगायत त्यो मन्त्रालयभित्रका भ्रष्टाचारी कर्मचारीहरुले आजैदेखि सोचिराखे हुन्छ।

 

गोरख बहादुर चन्द

अध्यक्ष, पञ्चेश्वर

गाउपालिका

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page