Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा २ स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी दर्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: बैतडीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले तोकेको समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुई स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका साहयक निर्वाचन अधिकृत बिष्णुराज पन्तले जानकारी दिए।

 

नेकपा एमालेका दामोदर भण्डारी, नेपाली कांग्रेसका नेपाल क्रिकेट संघका अध्यक्षसमेत रहेका चतुरबहादुर चन्दले उम्मेदवारी दर्ता गएका छन् ।

 

जय भगवति मेलौली सुनचाँदी

यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट प्रमानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुपेन बहादुर चन्द, जनता समावदी पार्टी नेपालबाट आन सिह भण्डारी, श्रम सस्कृती पार्टीबाट गजेन्द्र राज पाण्डेय, नेपाल मजदुर किसान पार्टीबाट नबराज कोइराला, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट राम बहादुर कुँवर, आम जनता पार्टीबाट बिसन सिह बोहराले मनोनयन दर्ता गराएका साहय निर्वाचन अधिकृत पन्तले बताए।

 

यस्तै कांग्रेस बाट पार्टि परित्याग गरेका तेजबहादुर चन्द र जय प्रकास पन्तले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लामा मनोनयन दर्ता आयोगले तोकेको समयमै शान्तिपुर्ण रुपमा सम्पन्न भएको उहाँले जानकारी दिए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page