



बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ भण्डारीगाडका प्रकाश भण्डारी सकुसल फेला परेकाे खबर बैतडीबुलेटीनलाइ प्राप्त भएको छ। शनिबारदेखि बेपत्ता भण्डारी बेङ्गलोरको मेजिस्टीक भन्ने स्थानबाट सम्पर्कमा आएका उनका दाजु किशोर भण्डारीले जानकारी दिएका छन। किशोर भण्डारीका अनुसार बेपत्ता प्रकाश फोन सम्पर्कमा आएको र मेजेस्टिक भन्ने स्थानमा आफहरु गइरहेको बताए।




