Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा बस दुर्घटना अपडेट :मृतको संख्या १३ जना पुग्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित वडूगाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा थप ५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ पुगेको छ।

जय भगवति मेलौली सुनचाँदी

बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस बिहीवार अपराह्न ७ः३० मा दुर्घटनामा परेको हो। जन्ती बोकेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचनाअधिकारी प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। दुर्घटनामा १८ महिला र २७ पुरुष गरी जम्मा ४५ जना घाइतेको उद्धार गरिएको थियो। घाइतेहरूलाई उपचारका लागि कोटीला स्वास्थ्य चौकी पठाइएको थियो, गम्भीर घाइतेलाई थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको छ।

दुर्घटनामा परेर घटनास्थलमै तथा उपचारको क्रममा ज्यान गुमाउनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशब राज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णु दत्त जोशी, ४२ वर्षीय नरेन्द्रराज जोशी, १८ वर्षीय विसनदत्त जोशी, २७ वर्षीय दिपकराज जोशी, ४५ वर्षीय किसनदत्त जोशी, बझाङ केदारस्यु गाउँपालिका निवासी ६० वर्षीय मोहन देव भट्ट र केशवराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्त राज रतला तथा बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी र १४ वर्षीय किशोर सुशील जोशी रहेका छन्।

 

घटनास्थलमै ६ जनाको, कोटिला स्वास्थ्य चौकीमा दुई जना तथा डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा थप ५ जनाको ज्यान गएको बैतडी प्रहरी प्रवक्ता , बलदेव बडूले बताए। उनका अनुसार पाँच जना गम्भीर घाइतेलाई डडेल्धुराबाट धनगढी रिफर गरिएको छ भने, २५ जनाको डडेल्धुरामा उपचार भइरहेको छ। यस्तै चार जनाको बझाङको देउलेक स्वास्थ्य केन्द्र बस चालकको बैतडीको पाटनमा उपचार भइरहेको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page