


बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकामा नसर्ने रोग परिक्षण गर्न एक महिने अभियान सुरु भएको छ।

दोगडाकेदार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा अभियान सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए।
अभियानमा मधुमेह, उच्च रक्तचाप,मृगौला सम्बन्धी रोगहरु शरिरको उचाइ अनुसार तौल अनुपात पहिचानका लागी ३० बर्ष माथिका महिला पुरुषहरुको टोलहरुमा गएर स्वास्थ्य परीक्षण गरिने बताए।




