Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीका ६ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडीः प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बैतडीमा निर्वाचन खर्च पारदर्शितासम्बन्धी अनिवार्य प्रक्रिया पूरा गर्न ढिलाइ देखिएको छ ।

जिल्लाका ६ जना उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता अझै खोलेका छैनन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी दर्ता गराएका ११ जनामध्ये हालसम्म ५ जनाले मात्र निर्वाचन खर्चका लागि नयाँ बैंक खाता खोलेका छन् ।

बाँकी ६ जनाले भने तोकिएको समय सीमा भित्र प्रक्रिया पूरा नगरेको कार्यालयले जनाएको छ । खाता नखोल्नेमा नेकपा एमाले का उम्मेदवार दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीका परमानन्द भट्ट, नेपाल मजदुर किसान पार्टीका नवराज कोइराला, आमजनता पार्टीका विसन सिंह बोहरा, नेकपा माओवादीका राम बहादुर कुँवर तथा स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्त रहेका छन्।

जय भगवति मेलौली सुनचाँदी

यता नेपाली कांग्रेसका नेता चतुर बहादुर चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्द, जनता समाजवादी पार्टी नेपालका आनसिंह भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि मोहन भण्डारी र श्रम संस्कृति पार्टीका गजेन्द्र राज पाण्डेयले भने बैंक खाता खोलेर प्रक्रिया पूरा गरेका निर्वाचन कार्यालयले जनाएको छ।

 

शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित निर्वाचन आचारसंहिता अनुगमन समितिको छलफलमा जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले बाँकी उम्मेदवारलाई फागुन ५ गतेभित्र अनिवार्य रूपमा बैंक खाता खोल्न आग्रह गरेका छन्।

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सबै खर्च तथा प्राप्त सहयोग बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था भए पनि बैतडीका ६ उमेदवारले अझै बैंक खाता खोलेका छैनन् ।

२५ हजार रुपैयाँभन्दा बढीको रकम बैंकमार्फत अनिवार्य रूपमा कारोबार गर्नुपर्ने तथा सोभन्दा कम रकम नगदमा भए पनि त्यसको प्रमाण स्वरूप रसिद पेश गर्नुपर्ने प्रावधान रहेको छ । निर्वाचन खर्चलाई पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले उक्त व्यवस्था लागू गरिएको जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page