


बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाका सबै वडामा वडा स्तरीय जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि पोषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। माघ २८ गते देखी दोगडाकेदार गाउँपालिकाको आयोजनामा वडास्तरमै पोषण सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रम फागुन ११ गते समापन भएको छ।


कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरूलाई सन्तुलित आहार, बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था, कुपोषण न्यूनीकरणका उपाय, तथा स्थानीय तहको भूमिकाबारे जानकारी दिइएको थियो। सहभागीहरूले आफ्नो वडामा पोषणमैत्री योजना तर्जुमा र कार्यान्वयनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमका वक्ताहरूले पोषण सुधारका लागि स्थानीय सरकार, स्वास्थ्य संस्था, आमा समूह तथा समुदायबीच समन्वय आवश्यक रहेको बताएका थिए। साथै, पोषण सम्बन्धी सचेतना अभिवृद्धि गर्दै घरपरिवारसम्म सन्देश पु¥याउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने जोड दिइएको थियो।महिलाका लागि आय आर्जन र बालबालिकामा पोषण कार्यक्रमले आगामी दिनमा समुदायमा सकारात्मक प्रभाव पार्ने पोषण सहजकर्ता जगदिश सिँह कार्कीले बताए।





