


बैतडी:बैतडीको डिलासैनीमा एमाले कार्यकर्तामाथि कुटपिट गरेकाे अभियाेगमा रास्वपाका ४ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ ।

बुधबार साँझ ५ बजेतिर डिलासैनी गाउँपालिका–७ लेक टोलमा घरदैलो कार्यक्रम सकेर फर्किने क्रममा डिलासैनी–७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामीमाथि कुटपिट भएको थियोे ।
बैतडीका प्रबक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी अनुसार कुटपिटमा संलग्न रास्वपा कार्यकर्ता लोकेन्द्र ,धामी,दिपक धामी, शुरेश धामी र पुस्कर धामिलाइ पक्राउ गरिएको बताए। र घटनाबारे अनुसन्धान थालिएको बताए। यस्तै रास्वपा कार्यकर्ता लालसिँह धामि पनि घाइते भएका छन र उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।




