Vutlaxapu
Laxmibhuwan sun chadi

कञ्चनपुरमा जीप र मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

महेन्द्रनगर। कञ्चनपुरमा जीप र मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो बेदकोट नगरपालिका–७ लालपुरमा से २ च १४०५ नम्बरको जीप र म २ प ३५०६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएका थिए।दुर्घटनामा मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१ बाराकुण्डाका ४० वर्षीय राम लुहार र मोटरसाइकलको पछाडि सवार शान्ति टोलका ४२ वर्षीय दानसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जय भगवति मेलौली सुनचाँदी

दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा दुबै जनालाई मृत घोषणा गरेको हो।

प्रहरीका अनुसार मृतक दुवैको शव महाकाली प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। जीप र चालकलाई पहरीले नियन्त्रणमा लिएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page