Vutlaxapu
Laxmibhuwan sun chadi

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक तर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ।

आइतबार बसेको ‍रास्वपा केन्द्रीय सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरूषको नाम आयोगमा सिफारिस गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

जसअनुसार खसआर्य तर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारू ४ जना गरी ५७ जनाको नाम आयोगमा बुझाउने निर्णय गरेको हो।

 

जय भगवति मेलौली सुनचाँदी

रास्वपाको केन्द्रीय कार्यलयले जिम्मेवारी दिएर केही कर्मचारी र सचिवालय सदस्यहरूको नेतृत्वमा तोकिएको समयभित्र निर्वाचन आयोगमा नामावली बुझाइने प्रवक्ता झाले जानकारी दिए।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सिफारिस गर्न दलहरूलाई आजसम्मको समय दिएको थियो।

रास्वपाले अहिले बुझाएको सूचीमा भएका नामहरू भने सार्वजनिक नगर्ने भएको छ।

पार्टीले बुझाएको सूचीमा रूजु र प्रमाणित गरेपछि आयोगले नै नामहरू सार्वजनिक गर्नेछ।

‘राजनीतिक र कानुनी प्रक्रिया अन्तर्गत जबसम्म निर्वाचन आयोगले सो नामहरू भेरीफाइ गरी प्रमाणित गर्दैन रूजु गर्दैन तबसम्म त्यसलाई हामीले हाम्रो तर्फबाट प्रस्तावित मात्रै मान्न सकिने भएकाले हामी नामहरू निर्वाचन आयोग तर्फबाट नै सार्वजनिक होस् भनेर त्यतिन्जेलसम्म कुर्नेछौं,’ प्रवक्ता झाले भने।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page