Vutlaxapu
Laxmibhuwan sun chadi

बाँच्न संघर्षरत दोगडाकेदारकी केशबी दमाइ, उपचारका लागि सहयोगको अपिल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी — दोगडाकेदार गाउँपालिका–५ न्वाली निवासी एकल महिला केशबी दमाइ हाल क्यान्सर रोगसँग संघर्ष गरिरहेकी छन्। कमजोर आर्थिक अवस्थाका कारण उनको उपचारमा समस्या देखिएको छ।

केशबीको भक्तपुर क्यान्सर अस्पतालमा मा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको पित्त थैलीको अपरेसन भइसकेको छ भने थप उपचार जारी रहेको छ।

परिवारका सदस्यका अनुसार उपचार खर्च धान्न निकै कठिन भइरहेको छ। आम्दानीको कुनै भरपर्दो स्रोत नभएका कारण औषधि, अस्पताल शुल्क तथा अन्य आवश्यक खर्च व्यवस्थापन गर्न समस्या परेको उनीहरूले बताएका छन्।

जय भगवति मेलौली सुनचाँदी

सामाजिक अभियन्ता सेर सिंह कार्कीले केशबीको जीवन रक्षाका लागि सबैसँग सहयोगको अपिल गरेका छन्। “सानो सहयोगले पनि ठूलो राहत मिल्न सक्छ,” सेर सिंह कार्कीको भनाइ छ।

मानवीय संवेदनशीलता देखाउँदै इच्छुक व्यक्ति तथा संघ–संस्थालाई सहयोग गर्न परिवारले आग्रह गरेको छ।

सहयोग गर्न चाहनुहुनेले निम्न qr कोडमा सहयोग गर्न अनुरोध गरिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page