


बैतडी:दोगडाकेदार गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२र०८३ को पहिलो अर्धवार्षिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजनामा तथा कुशल मल्टिमिडिया नेटवर्क प्रा।लि।को सहजीकरणमा सम्पन्न कार्यक्रममा चालु आर्थिक वर्षका पहिलो ६ महिनामा सञ्चालन भएका योजना, कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धी विवरण सार्वजनिक गरिएको थियो।

कार्यक्रममा स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला निकायका व्यक्तिहरूले बजेट कार्यान्वयन, विकास निर्माण, सेवा प्रवाह र पारदर्शिताका विषयमा जिज्ञासा तथा प्रश्न उठाएका थिए।
उठेका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा सम्बन्धित शाखाका कर्मचारीहरूले दिएका थिए। कार्यक्रममा जनप्रतिनिधिहरूले स्थानीय सरकार नागरिकप्रति उत्तरदायी र पारदर्शी रूपमा काम गरिरहेको दाबी गरेका थिए।
सार्वजनिक सुनुवाइले स्थानीय तहको कामकारबाहीप्रति नागरिकको चासो बढाउनुका साथै उत्तरदायित्व र पारदर्शिता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।




