Vutlaxapu
Laxmibhuwan sun chadi

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया सुरु, पक्राउ पुर्जी जारी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ।

जिल्ला अदालत काठमाडौंका दुई अधिकारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ पुर्जी जारी गरिएको बताए । ‘मंगलबार न्यायाधीश महेन्द्रबहादुर कार्की* को इजलासले पक्राउ अनुमति दिएको हो’, स्रोतले भन्यो ।

योसँगै देउवा दम्पतीलाई फरार सूचीमा राखिएको छ । देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणका विषयमा छानबिन भइरहेको थियाे ।

गृह स्राेतका अनुसार रेड नोटिस जारी गर्नकै लागि देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएकाे हाे । विदेशमा रहेका व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिन्छ । त्यसको पहिलो औपचारिक कदम पक्राउ पुर्जीबाट जारी सुरु हुन्छ ।

 

सरकारले पूर्वप्रधानमन्त्रीहरू देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका पूर्वप्रधानमन्त्री देउवा सपरिवार विदेशमा छन् ।

 

जय भगवति मेलौली सुनचाँदी

फागुन १३ मा देउवा सिंगापुर गएका थिए। त्यसअघि नै पत्नी आरजु भारत हुँदै सि‌ंगापुर पुगेकी थिइन् । बीचमा दुवैजना उपचारका लागि हङकङ गएर सि‌ंगापुर नै फर्किएका थिए । जेन-जी आन्दोलनपछि १० कार्तिकमा उनीहरु उपचारका लागि भन्दै सिंगापुर गएका थिए ।

नेपाल अन्तराष्ट्रिय प्रहरीहरूको साझा संस्था इन्टरपोलको सदस्य राष्ट्र हो । अपराधमा संलग्न व्यक्ति अनुसन्धान एवं कारबाहीबाट उम्किन आफ्‌नो देशबाट भागेर विदेश पुगेको छ भने त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित देशका प्रहरीले इन्टरपोलको सहयोग माग्न सक्छ ।

 

त्यसपछि इन्टरपोलले आबद्ध राष्ट्रहरूमार्फत फरार व्यक्तिको खोजी गर्न रेड नोटिस जारी गरी विश्वभर ‘सर्कुलर’ गर्छ । तर, रेड नोटिस जारी हुनलाई निश्चित प्रक्रिया भने पूरा गरेको हुनुपर्छ । अपराध अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार कसुरको अनुसन्धान गर्ने निकायले फरार व्यक्तिविरुद्ध अपराध दर्ता पुस्तिकामा कसुर दर्ता गरेपछि त्यस्ता व्यक्तिविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गराउनुपर्छ । यही प्रक्रिया पूरा गर्न देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

इन्टरपोलमा नेपालबाट प्रहरी महानिरीक्षक पदेन सदस्य रहने व्यवस्था छ । हरेक राष्ट्रमा त्यस देशमा अपराध अनुसन्धान गर्ने प्रहरी संगठन प्रमुखलाई इन्टरपोलले ‘नेसनल सेन्ट्रल व्युरो’ (एनसीबी) प्रमुख बनाउँछ । फरार व्यक्तिको खोजीका लागि सम्बन्धित देशको एनसीबी सचिवालयबाट इन्टरपोलमा रेडसहित विभिन्न किसिमका नोटिस जारी गराउन अनुरोध गर्नसक्ने व्यवस्था छ ।

यसरी जारी गरिएको अनुरोधसहितको पत्रका विवरणलाई केलाएर इन्टरपोलले आवश्यक ठानेमा नोटिस जारी गरी भागेका व्यक्तिको खोजीका लागि सबै सदस्य राष्ट्रका एनसीबी सचिवालयमा परिपत्र गर्छ ।

त्यसपछि व्यक्तिको खोजी सुरु हुन्छ । यस्ता व्यक्ति पक्राउ परेमा माग गर्ने राष्ट्रका प्रहरीसँग समन्वय गरेर फिर्ता गर्न सक्छ । देउवा दम्पतीको हकमा पनि यही प्रक्रिया हुनसक्छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page