


धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ ।सरसफाइ गर्ने क्रममा बिहीबार गणको मेसको माथिल्लो तला (छत) बाट खसेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भएका २७ वर्षीय प्रहरी कार्यालय सहयोगी अजय चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बिहीबार बिहान ८ बजेतिर मेशको भान्साको माथिल्लो तलाको छतमा सरसफाइ गर्ने क्रममा खसेर बेहोस भएका चौधरीको शुक्रबार मृत्यु भएको बताए ।
चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियोे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




