Vutlaxapu
Laxmibhuwan sun chadi

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँः सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ मनाउने भएको छ। सङ्घीय, प्रादेशिक र स्थानीय तहका सबै सरकारी कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थासमेत समेट्ने गरी यो अभियान सञ्चालन गरिने प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशनसमेत दिएको छ।

यस राष्ट्रिय अभियानको औपचारिक उद्घाटन सोमबार बिहान ८ः३० बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको उपस्थितिमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ। यस अभियानले सरकारी निकायमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ मा उल्लेख छ। त्यसै गरी सरकारी निकायमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक रहेको सो मार्गदर्शनमा जनाइएको छ।

जय भगवति मेलौली सुनचाँदी

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार सरकारी कार्यालयमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो । मार्गदर्शन अनुसार सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र सङ्केत चिह्नहरू स्पष्ट र व्यवस्थित हुनुपर्ने छ। चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङरोगन गरिने छ । मुख्य सेवा क्षेत्र र प्रवेशद्वार आकर्षक र सफा राखिने छ।

त्यसै गरी शौचालय दुर्गन्धरहित बनाइने छ र नियमित पानीको व्यवस्था सुनिश्चित गरिने छ। हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ र दैनिक सफाइको अभिलेख राख्नुपर्ने छ। शौचालय महिलामैत्री, सेनेटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गतामैत्री हुनुपर्ने, कार्यालयले कम्तीमा दुई प्रकारका फोहोरदानी (डस्टबिन) राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने जारी सूचनामा उल्लेख छ। मार्गदर्शनमा पुराना काम नलाग्ने सामानको उचित व्यवस्थापन गर्न आग्रह गरिए पनि खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।

त्यसै गरी कार्यालयपरिसरको एक सय मिटरवरिपरि, नाली र ढल सफा हुनुपर्ने, पार्किङ क्षेत्र सुधार गरी अव्यवस्थित तार वा पोस्टर हटाउनुपर्ने, कार्यालयमा सहायता कक्ष (हेल्प डेस्क) व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण बनाउने गरी सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन मार्गदर्शनमा निर्देश गरिएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page