Vutlaxapu
Laxmibhuwan sun chadi

मन्त्री पालले गरे महादेव मावि शिवाबोको नवनिर्मित आठकोठे भवन उद्घाटन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी, पुर्चौडी — बैतडी जिल्लाको पुर्चौडी नगरपालिका वडा नं. ४ स्थित श्री महादेव माध्यमिक विद्यालय शिवाबोमा नवनिर्मित आठकोठे भवनको उद्घाटन गरिएको छ। बुधबार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री शुरेन्द्र बहादुर पालले भवनको औपचारिक उद्घाटन गर्नुभएको हो।

जय भगवति मेलौली सुनचाँदी

उद्घाटन सभाको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र बहादुर धानुक ले गरेका थिए भने कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री शुरेन्द्र बहादुर पाल प्रमुख अतिथिका रहेका थिए कार्यक्रममा पुर्चौडी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दिल बहादुर धानुक विशिष्ट अतिथि रहेका थिए।

उद्घाटन कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालयको नवनिर्मित भवन सञ्चालनमा आएपछि पठनपाठनका लागि कक्षाकोठा व्यवस्थापन सहज हुनुका साथै विद्यालयको भौतिक पूर्वाधार थप सुदृढ हुने अपेक्षा गरिएको छ। नयाँ भवनले विद्यालयको सौन्दर्यता समेत बढाएको स्थानीयवासीले बताएका छन्।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page