


बैतडी:बैतडीको पुर्चौडी नगरपालिकामा रहेको डिलेश्वरी नमुना माध्यमिक विद्यालय हाटमा लागू औषध तथा दुर्ब्यसनी सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।


शुक्रबार जिल्ला प्रशासन कार्यालय बैतडीको आयोजनामा डिलेश्वरी नमुना माध्यमिक विद्यालय हाटमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको पुर्चौडीबाट बैतडीबुलेटीन सम्वाददाता हरि साँउदले बताए। साँउदका अनुसार कक्षा १० र कक्षा ११ मा अध्ययनरत बिधार्थीहरुको सहभागी अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराई,बैतडि प्रहरी प्रबक्ता बलदेव बडु, प्रहरी नायब उपरीक्षक जँग बहादुर कुवरले प्रशिक्षण दिएका थिए। यस्तै कार्यक्रममा पुर्चौडी नगरपालिका प्रमुख दिपक बहादुर बम प्रमुख अथिती थिए भने विशिष्ट अथिती उपप्रमुख मिना धानुक बिशिष्ट अतिथि रहेकी थिइन्।





