Vutlaxapu
Laxmibhuwan sun chadi

साइपाल बेसक्याम्प जान लागेको धनगढीका मेयर हमालको टोली बाजुरामा लखेटियो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान अन्तर्गत बाजुरा हुँदै साइपाल बेसक्याम्प जान लागेको धनगढीका मेयर गोपाल हमालको टोली बाजुरमा लखेटिएको छ। बैशाख ३१ गते धनगढीबाट अछामको रामारोशन हुँदै साइपाल बेसक्याम्प जान लागेको टोलीलाई बाजुराको हिमाली गाउँपालिका वडा नम्बर-३ लाम्पाटाबाट लखेटिएको हो।बाजुरा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर साइपाल बेसक्याम्प जान लागेको धनगढीको टोली हुम्लीहरूबाट लखेटिएको हो। हुम्लाको खार्पुनाथ-२ थली र सर्केगाड-३ का स्थानीयले साइपाल बेसक्याम्प रानीसैन हुम्ला जिल्लामा पर्ने भन्दै सुदूरपश्चिमका कसैलाई पनि उक्त क्षेत्रमा जना नदिने भन्दै हिमाली गाउँपालिका-३ बाजुरा पुगेर अबरोध गरेका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारले हिमाली गाउँपालिका वडा नम्बर-३ लाम्पाटामा प्रहरी चौकी निर्माण गर्न ४० लाख बजेट विनियोजन गरेको भन्दै उक्त ठाउँमा प्रहरी चौकी नराख्न भन्दै हुम्लाको खार्पुनाथ-२ थलीका स्थानीयले विरोध गर्दै आएका थिए।

जय भगवति मेलौली सुनचाँदी

प्रहरी चौकी निर्माण गर्न जग्गा उपलब्ध गराएको भन्दै हुम्लाको थलीबाट आएका करिब तीन सय जनाले हिमाली गाउँपालिका वडा नम्बर-३ का वडा सदस्य पेमा गारा गुरुङलगायत पाँच जनामाथि कुटपिट गरेका थिए। उनीहरूले घरमै घुसेर मरणासन्न हुने गरी वडा सदस्य र अन्य गाउँलेलाई कुटपिट गरेको स्थानीयको दाबी छ।

वडा सदस्य गुरुङको घरभित्रै पसेर हुम्लीहरूले वडा सदस्यसहित ६ जनामाथि निर्घात कुटपिट गरेको स्थानीयले बताए। वडा सदस्य र अन्य गाउँलेहरूलाई कुटपिट गरेर हु्म्लीहरू वडा सदस्यको घर कब्जा गरेर बसेको अवस्थामा धनगढी उपमहानगरपालिकाो टोली रानीसैन जान उक्त स्थानमा पुगेको थियो।

मेयर हमालको टोली रानीसैन जान आउन लागेको थाहा पाएर लाम्पाटामा जम्मा भएका हुम्लीहरूले सुदूरपश्चिमको कुनै पनि व्यक्तिलाई रानीसैन जान नदिने भन्दै लखेटेको नगर प्रमुख गोपाल हमालले बताए। उनले जिल्ला प्रशासन कार्यालय बाजुरासँग समन्वय गरेर उक्त स्थानमा पुगे पनि त्यहाँको विषम अवस्थाको बारेमा स्थानीय प्रशासनले कुनै जानकारी नदिएको बताए।

 

बाजुरामा हुम्लीबाट लखेटिए पनि आफ्नो टोली सुरक्षित रहेको मेयर हमालले जनाकारी दिए। उनले असुरक्षाको कारण रानीसैन जान लागेका धनगढीको वाल्मिकि स्कुलको कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई पनि आफूसँगै ल्याउन लागेको जानकारी दिए। dineshkhabar

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page