Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरमा प्रदेशस्तरीय रनिङ शिल्ड

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा पहिलो पटक प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदैछ।

 

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा राष्ट्रपति रनिङ शिल्डको १६औँ संस्करण बिहीबारदेखि डडेल्धुरामा हुने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले जानकारी दिए।

 

जय भगवति मेलौली सुनचाँदी

“छ वटा खेल सहभागी प्रतियोगितामा नौ जिल्लाका करिब ९०० खेलाडी सहभागी हुनेछन्”, सदस्य सचिव खड्काले भने, “त्यसका लागि सबै तयारी पूरा भएर खेलाडी डडेल्धुरा आउनेक्रम जारी छ।”

 

विगतमा कञ्चनपुर र कैलालीमा मात्रै प्रदेशस्तरको रनिङ शिल्ड आयोजना हुने गरेको बताउँदै खड्काले सात पहाडी जिल्लामध्ये पहिलो पटक डडेल्धुरामा हुन गइरहेको बताए।

 

प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियलको समग्र व्यवस्थापन प्रदेश खेलकुद परिषद्ले गरेको छ। “डडेल्धुरा खेलकुद समितिबाट सहयोग भएको छ”, उनले भने, “प्रत्येक जिल्लाबाट १०७ जना खेलाडी सहभागी हुने भनेको छ, तर पहाडी जिल्लाबाट उपस्थिति अलि कम हुन सक्छ ।”

 

प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला भलिबल, पुरुष तथा महिला कबड्डी, उसु, कराते, तेक्वान्दो र एथ्लेटिक्स खेलमा प्रतिस्प्रर्धा हुनेछ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page