



बैतडी:बैतडीको दोगडाकेदारमा जिप दुर्घटना भएको छ। सोमबार पुर्चौडीबाट सिल्लेगडातर्फ आईरहेको म १ ज १३९ नम्बरको जिप बिहान ११:०० बजे दोगडाकेदार गा.पा. वडा नं. ३ कुकुडेपानि स्थित भित्रि कच्चि सडक खण्डमा दुघर्टना भएको हो। जिप दुर्घटनामा २ जना घाइते भएका छन्। घाइते हुनेमा जिप चालक पुर्चौडी न.पा. ९ तल्लादेही बस्ने अन्दाजी ३० बर्षिय कर्ण बहादुर बोहोरा र पुर्चौडी न.पा. ८ बस्ने २४ बर्षिया बागमती साउद रहेका छन। बोहराको छाति र टाउकोमा गम्भिर चोट लागेको छ र अवस्था गम्भिर रहेको छ भने भने साउदको दाहिने आँखामा चोट रहेको र सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ। घाइते दुबै जनालाई उपचारको लागि जिल्ला अस्पताल बैतडीको लगिएको छ। जिप सडकबाट ५० मिटर तल खसेको थियो।




