Vutlaxapu
Laxmibhuwan sun chadi

वनका कर्मचारीले भिरबाट टेम्पो खसालिदिएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी:सडक किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पो धकलेर भिरबाट खसाली दिएको भिडिओ सार्वजनिक भएपछि प्रहरीले त्यसबारे अनुसन्धान अगाडि बढाएको छ।

शुक्रबार दिउँसो जिल्लाको गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्गअन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले एक जना स्थानीय महिलाको टेम्पो सडक किनारमा बसेर ब्यापार गरेको आरोपमा धकेल्दै भिरबाट खसालिदिएका थिए।

भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि कर्मचारीको विरोध र आलोचना भइरहेको छ।

टेम्पो गोदावरीकै स्थानीय ४४ वर्षीया धनादेवी धामीको थियो।

धामीले आफ्नो घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडाको सडक किनारमा टेम्पो रोकेर त्यसमा सामान राखेर बेच्दै आएकी थिइन्। धामीका अनुसार उनले सडक छेउमा रोकेर पानी, चाउ चाउ, बिस्कुट, अण्डा लगाएतका सामाग्री बेचेर आफ्नो जिविकोपार्जन गर्दै आएकी थिइन्।

 

तर, त्यसरी सडक किनारमा बसेर वन क्षेत्र अतिक्रमण गरि व्यापार गर्न नपाइने भन्दै वनका कर्मचारीले धामीको अटो आफैले धकेलेर भिरबाट खलासी दिएका थिए।

 

‘बरु मेरो सामान लैजानुस् तर टेम्पोलाई केही नगर्नुस् भन्दै मैल हारगुहार गर्दा पनि वनका कर्मचारीले सुन्दै सुनेनन् र जबरजस्ती टम्पो भिरबाट धकलेर खसाली दिए,’ धामीले भनिन् ‘ आफ्नै ठाउँमा केही सानो तिनो काम गरी घर गृहस्थी चलाउने प्रयास गर्ने हामी जस्ता गरिब दुःखीलाई सबैले हेप्दा रहेछन्,’ उनले भनिन्।

उनले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनु पर्ने माग गरिन्।

वनका कर्मचारीले टेम्पो भिरबाट खसालिदिनु भन्दा पहिला त्यसमा बिक्रीका लागि राखिएका सामानहरु निकालेका थिए।

यो घटनाबारे तीब्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढी कैलालीका प्रमुख रामविचारी ठाकुरसहित २० जना कर्मचारीले आइतबार बिहान संयुक्त रुपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेका थिए। वक्तव्यमा तीन जनाको भने हस्ताक्षर छैन।

 

उनीहरूले टेम्पो जानाजान भिरबाट नखसालिएको दाबी गरेका छन्।

 

जय भगवति मेलौली सुनचाँदी

बरू अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको भनेका छन्। भिडिओमा भने टेम्पोलाई धकेल्दै भिरबाट खसालिएको देखिएको छ।

वन कार्यालयले उक्त टेम्पो गुड्न नसक्ने अवस्थामा रहेको पनि बताएको छ।

गोदाबरी – ४ स्थित गोदावरी सामुदायिक वनको गाइमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा चक्का वा इञ्जिन पूर्ण रुपमा बिग्रिएको टेम्पो खस्न पुगेको दाबी गरिएको छ।

संवेदनशील र कमजोर पर्यावरणीय प्रणाली रहेको चुरे क्षेत्रमा सडक किनारको सार्वजनिक वन क्षेत्रलाई गैरकानुनी ढंगले भागवण्डा गरी भित्री रुपमा बेचबिखन गर्ने छाप्रा (खोका) निर्माण गरी सरकारी वन र जमिन कब्जा गर्ने सृङखला लामो समयदेखि चल्दै आएको तथा पाँच महिना पहिले देखि त्यो क्रम फेरि सुरु भएपछि रोक्न बल प्रयोग गर्नु परेको विज्ञप्तीमा उल्लेख छ।

वन क्षेत्र अतिक्रमण गरि बसेका अन्य १० वटा छाप्रापहरु हटाइएको र एक महिना पहिला नै टेम्पो हटाउन निर्देशन दिएको भए पनि टेम्पो संचालक घनश्याम धामीले अटेर गरेकाले टेम्पो धकलेर वनका कर्मचारीले घरसम्म पुर्‍याइ दिएको विज्ञप्तिमा उल्लेख छ।

यो बीचमा धामीले फेरि टेम्पो पहिले कै ठाउँमा ल्याएर व्यापार गर्दै आएको र हटाउन निर्देशन दिँदा अटेर गर्दै गालीगलौजमा उत्रिएको हुँदा बल प्रयोग गरि हटाउनु पर्ने अवस्था सिर्जना भएपछि चलाउन र गुडाउन नमिल्ने टेम्पो खस्न पुगेको बिज्ञप्तिमा भनिएको छ।

तर धामी परिवारले अटो चल्ने अवस्थामै रहेको बताएका छन्।

गत वर्ष मात्रै छोराले टेम्पो किनेको र हाल छोराहरु छिमेकी देश भारतमा रोजगारीको खोजीमा रहेको हुँदा आफूले टेम्पो चलाउन नजाने पनि साँझ बिहान चलाउन जान्ने मान्छेलाई डाँडासम्म पुर्‍याउन सहयोग मागेर व्यापार गर्दै आएको उनले बताइन्।

कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले पनि भिरबाट खसालिएको टेम्पो बारे दुबै पक्षबाट आ–आफ्ना दाबीहरू आइ रहेको हुँदा त्यसबारे अनुसन्धान भइरहेको बताए।

‘धामीको परिवारले हामीले चलाउन नजाने पनि अटो चालु अवस्थामै थियो भन्नुभएको छ’ एसपी चन्दले भने, ‘अर्कौ तर्फ वनका कर्मचारीले अटो चालु हालतमा थिएन बरु कवाड जस्तै थियो भन्ने दाबी गर्दै आएका छन्। यसबारे अनुसन्धान हुन्छ।’

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी हिरासिंह महराले पनि पीडित महिला धनादेवी धामीले घटनाबारे जानकारी गराएको बताए।

‘ उहाँले आएर म माथि अन्याय भयो न्याय दिनुहोस भन्नु भयो,’ डिएसपी महराले भने ‘ म वन कार्यालयका प्रमुखलाई भेट्न जाँदै छु। जोर जवरजस्ती जो भएपनि कारबाहीको दायरामा आउँछन्।’

पीडित पक्ष र कर्मचारी दुबै पक्ष संग थप सोधपुछ तथा अनुसन्धान पछि कानुन हातमा लिएको भेटिए दोषीलाई कारबाही हुने उनले बताए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page