


बैतडी:बैतडीको पुर्चौंडी नगरपालिका अन्तर्गत हाट स्वास्थ्यचौकीमा आइतबार ए.आई एक्स–रे (AI X-Ray) मार्फत क्षयरोग खोजपड्ताल (Tuberculosis Screening Camp) शिविर सञ्चालन गरिएको छ। पुर्चौंडी नगरपालिकाका नगर प्रमुखद्वारा उद्घाटन गरिएको उक्त शिविरमा ३४८ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ।
शिविरमा २०० जना महिला र १४८ जना पुरुषको स्वास्थ्य परीक्षण गरिएको थियो। कार्यक्रममा उपप्रमुख मीना धानुक, स्वास्थ्य संयोजक बिनोद कुमार कुँवर लगायत विशेषज्ञ डाक्टरहरूको उपस्थिति रहेको थियो।

साथै पालिकाभरिका ल्याब असिस्टेन्ट, ल्याब टेक्निसियन तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागितामा शिविर सञ्चालन गरिएको पुर्चौडीबाट बैतडीबुलेटीन सम्वाददाता हरि साँउदले बताए।
जनस्वास्थ्य निरीक्षक दिपेन्द्र ब. धामीले यस्ता शिविरले समयमै क्षयरोग पहिचान गरी उपचार प्रक्रियामा सहयोग पुग्ने बताए।
शिविर स्वास्थ्य निर्देशनालय डोटीको प्राविधिक सहयोगमा पुर्चौडी नगरपालिकाले आयोजना गरेको हो।





