


बैतडी : बैतडीको पाटन नगरपालिका–८ निवासी ६८ वर्षीय जयसिंह महराको शव फेला परेको छ। केही दिनदेखि बेपत्ता रहेका महराको शव इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीयवासीको संयुक्त खोजी अभियानका क्रममा फेला परेको हो। उनको शव पाटन नगरपालिका २ थडकुडाको तल बाटोमै पर्ने भिर नजिकै फेला परेको प्रहरीले जनाएको छ ।
गाउँकै आफ्न्तसंग भैसी खरिद गर्ने भएका महरा तीन दिनसम्म घर नआएपछि शनिबारबाट खोजी कार्य भइरहेको थियो । भैसी खरिद गरेर आफ्न्त घर आएपनि जयसिह मामा घर जाने भनेर बिचबाटोबाटै छुटीएका थिए । प्रहरीले संगै आएका आफ्न्तलाई सोधपुक्ष गरेको थियो । भने शनिबार साझ नै शव भेटीयो भनेर सूचना दिने मदिरा सेवकलाई समेत सोधपुक्ष गरेको थियो ।

महरा बेपत्ता भएपछि हिजो बिहानैदेखि स्थानीयवासी, आफन्त तथा प्रहरीको सक्रिय सहभागितामा खोजी कार्य सञ्चालन गरिएको थियो। रातिको समयमा समेत खोजी अभियानलाई निरन्तरता दिइएको थियो।
निरन्तर खोजीपछि आज महराको शव फेला परेको प्रहरी स्रोतले जनाएको छ। शव फेला परेको स्थान तथा घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। घटनास्थल मुचुलका लगायतका काम थालिएको छ ।
महराको निधनप्रति स्थानीयवासी तथा आफन्तजनले दुःख व्यक्त गरेका छन्। उनको शव पोष्टमार्टमका लागि पाटन ल्याइएको छ।




