Vutlaxapu
Laxmibhuwan sun chadi

समाचार प्रभाव : दोगडाकेदारमा लामो समयदेखि अवरुद्ध फोरजी सेवा पुनः सुचारु, व्यवसायी खुसी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी, बैतडीको दोगडाकेदार क्षेत्रमा लामो समयदेखि अवरुद्ध रहेको फोरजी सेवा पुनः सञ्चालनमा आएको छ। सेवा सुचारु भएसँगै स्थानीय व्यवसायी तथा सर्वसाधारणमा खुशी छाएको छ।

इन्टरनेट सेवा अवरुद्ध हुँदा दैनिक कारोबार, अनलाइन भुक्तानी तथा सूचना आदानप्रदानमा समस्या हुँदै आएको थियो। सेवा पुनः सञ्चालन भएपछि व्यवसाय सञ्चालनमा सहजता आएको व्यवसायीहरूले बताएका छन्। खोचलेक र सिल्लेगडा बजारमा रहेको टावरमा लामो समयदेखि समस्या भएको थियो। खोचलेक बजार लगायत

जय भगवति मेलौली सुनचाँदी

स्थानीय स्तरमा देखिएको समस्याबारे बैतडी बुलेटिन ले यसअघि पटक–पटक समाचार प्रकाशन गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो। समाचार प्रकाशनपछि सरोकारवाला निकायले चासो देखाउँदै सेवा मर्मत तथा पुनः सञ्चालनमा ल्याएको जनाइएको छ।

स्थानीय व्यवसायी हरिष कार्की र धोज बहादुर कार्की ले सेवा पुनः सुचारु भएकोमा खुशी व्यक्त गर्दै सम्बन्धित निकाय तथा यस विषयलाई निरन्तर उठान गर्दै आएको बैतडी बुलेटिन प्रति धन्यवाद व्यक्त गरेका छन्।

स्थानीयले अब यस्तो समस्या दोहोरिन नदिन सञ्चार सेवा नियमित र भरपर्दो बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page