Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौंडी नगरपालिकाले ल्यायो ७३ करोड १३ लाख बराबरको बजेट

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी ।बैतडीको पुर्चौंडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३ /८४ का लागि ७३ करोड १३ लाख ७६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।उपप्रमुख मीना धानुकको निर्देशनमा नगर प्रवक्ता धिरेन्द्र बमले उक्त बजेट नगर सभामा पेश गरेका हुन्। नगर सभामा पेश गरिएको बजेटमा आन्तरिक आयतर्फ ४० लाख ५० हजार विनियोजन गरिएको छ।

यस्तै संघीय राजस्व बाँडफाँडतर्फ १२ करोड १९ लाख १७ हजार, प्रदेश राजस्व बाँडफाँडतर्फ ३२ लाख १६ हजार, अन्तर सरकारी बित्तीय हस्तान्तरणतर्फ ४८ करोड ५६ लाख, प्रदेश सरकार अन्तरसरकारी बित्तीय हस्तान्तरणतर्फ ११ करोड ३६ लाख र चालु आर्थिक बर्षको मौज्दात ३५ लाख रुपैयाँ गरेर ७३ करोड १३ लाख ७६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको प्रवक्ता बमले बताए।

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page