Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा १० शैय्याको अस्पताल भदौभित्र सञ्चालनमा आउने, सेवा प्रवाहको तयारी तीव्र

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी, साउन १— बैतडीको दोगडाकेदार गाउँपालिकाले निर्माण सम्पन्न १० शैय्याको अस्पताल आगामी भदौभित्र सञ्चालनमा ल्याउने तयारीलाई तीव्र बनाएको छ। अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण जडान, औषधि खरिद तथा प्रशासनिक प्रक्रिया अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार अस्पताल सञ्चालनमा आएपछि स्थानीय नागरिकले आधारभूतदेखि केही विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै पालिकामा प्राप्त गर्नेछन्। यसबाट सामान्य उपचारका लागि जिल्ला सदरमुकाम वा धनगढी तथा अन्य ठाउँ धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तयार भइसकेको र सेवा प्रभावकारी बनाउन आवश्यक तयारी भइरहेको गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताए।  अस्पताल सञ्चालन भएपछि आकस्मिक सेवा, प्रसूति सेवा, प्रयोगशाला, फार्मेसी तथा अन्य आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको छ।

दोगडाकेदार गाउँपालिकाले भदौभित्रै अस्पतालबाट नियमित स्वास्थ्य सेवा सुरु गर्ने लक्ष्यका साथ आवश्यक सबै प्रक्रिया अघि बढाएको जनाएको छ। स्थानीयवासीले पनि अस्पताल छिट्टै सञ्चालनमा आएर गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरेका छन्। १० शैय्या अस्पताल आगामी भदौभित्र सञ्चालनमा ल्याउने तयारीलाई मध्यनजर गर्दै दोगडाकेदार गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय देउलेकले स्वास्थ्य तथा प्रशासनतर्फ विभिन्न पदमा करार सेवामा कर्मचारी भर्ना गर्न सूचना प्रकाशित गरेको छ।

जय भगवति मेलौली सुनचाँदी

गाउँपालिकाले पहिलो पटक प्रकाशित सूचनाअनुसार १५ दिनभित्र योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। माग गरिएका पदहरूमा मेडिकल सुपरिटेन्डेन्ट, मेडिकल अधिकृत, डेन्टल हाइजिनिस्ट, स्टाफ नर्स, फार्मेसी सहायक, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर, अ.न.मि., कार्यालय सहयोगी तथा सरसफाइकर्मी रहेका छन्।

सूचनाअनुसार मेडिकल सुपरिटेन्डेन्ट र मेडिकल अधिकृतका लागि एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिल (NMC) मा दर्ता भएको हुनुपर्नेछ। अन्य प्राविधिक पदका लागि सम्बन्धित विषयमा PCL वा सो सरहको योग्यता र सम्बन्धित परिषद्मा दर्ता अनिवार्य गरिएको छ।

उम्मेदवारले नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र तथा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। प्राविधिक पदका लागि अधिकतम उमेर ३५ वर्ष र श्रेणीविहीन पदका लागि ४० वर्ष तोकिएको छ।

दरखास्त दिने अन्तिम मिति २०८३ साउन १५ गते र दोब्बर दस्तुरसहित साउन १६ गते सम्म आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ। लिखित तथा अन्तर्वार्ता परीक्षा सम्बन्धित सूचना अनुसार सञ्चालन हुनेछ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page