


काठमाण्डाै – शेयर बजार लगातार दोस्रो दिन घटेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ४.०५ अङ्कले ओरालो लागेर २ हजार ६५०.०९ विन्दुमा झरेको छ ।

आज उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ । आज १८३ वटा कम्पनीको शेयर घटेकोमा ८६ वटाको बढेको छ । यस्तै ७ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज अपर लोहोरे खोला हाइड्रोपावरको शेयर झन्डै ७ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन आत्मनिर्भर लघुवित्तको शेयर ८.६० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३३४ वटा कम्पनीको १ करोड ३ लाख कित्ता शेयर ३ अर्ब ७७ करोड रुपैयाँमा किनबेच भएको छ ।




