Vutlaxapu
Laxmibhuwan sun chadi

पूर्चौडीमा बुहारीमाथि दुर्व्यवहारको आरोप, निष्पक्ष छानबिन र कारबाहीको माग

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: पूर्चौडी नगरपालिका–१० मा एक महिलामाथि उनका ससुराले अभद्र व्यवहारसँगै मानसिक तथा शारीरिक यातना दिएको आरोप लागेको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न स्थानीय तथा अधिकारकर्मीहरूले माग गरेका छन्।घटनाप्रति ध्यानाकर्षण जनाउँदै उनीहरूले महिलामाथि हुने हिंसा, अपमान र अमानवीय व्यवहार कुनै पनि अवस्थामा स्वीकार्य हुन नसक्ने बताएका छन्। घटनामा संलग्न व्यक्तिमाथि सत्यतथ्य छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

विवाहपछि परिवारको सदस्य बनेकी बुहारीलाई सम्मान, माया र सुरक्षित वातावरण प्रदान गर्नुपर्नेमा मानसिक तथा शारीरिक यातना दिनु गम्भीर विषय भएको उनीहरूको भनाइ छ। बुहारी पनि कसैकी छोरी र बहिनी भएकाले उनीमाथि हुने दुर्व्यवहारलाई सामान्य रूपमा लिन नहुनेमा स्थानीय तथा अधिकारकर्मीहरूले जोड दिएका छन्।

जय भगवति मेलौली सुनचाँदी

उनीहरूले ‘घरको कुरा’ भन्दै घरेलु हिंसा तथा अन्यायलाई लुकाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन्। पीडितमाथि हुने हिंसाविरुद्ध परिवार, समाज र सम्बन्धित निकाय सबैले आवाज उठाउनुपर्ने उनीहरूको भनाइ छ।

घटनाको निष्पक्ष र तथ्यपरक अनुसन्धान गरी पीडितलाई न्याय दिलाउन तथा दोषी पाइए कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसमक्ष माग गरिएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page