Vutlaxapu
Laxmibhuwan sun chadi

बाढीपछि रसुवा र नुवाकोटका करिब ६०० विद्यार्थी सर्म्पकविहीन, ५ स्थानीय तहका विद्यालय ९ दिनदेखि बन्द

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं — भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका करिब ६ सय विद्यार्थी सर्म्पकविहीन रहेका अनुमान गरिएको छ ।  जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र विद्यालयहरूका अनुसार रसुवामा २८० र नुवोकाटमा ३०० देखि ३५० सम्म बालबालिका सर्म्पकविहीन रहेको अनुमान छ ।

‘प्रधानाध्यापकहरूसँग सर्म्पक गरेर हराएका विद्यार्थीको तथ्या‌क माग गरिरहेका छौं । प्रअहरूले पनि एकीन तथ्याङ्क दिन सक्नुभएको छैन,’ नुवाकोट इकाई प्रमुख सूर्यबहादुर खत्रीले भने, ‘सर्म्पकविहीन भनिएका विद्यार्थी भेटिएका पनि छन् । कतिपय विद्यालयबाट सर्म्पकविहीन हुनेको संख्या थप पनि हुँदै गएको छ ।’ उनले नुवाकोटबाट मात्रै कम्तिमा ३०० देखि ३५०  विद्यार्थी हराएको हुनसक्ने अनुमान गरिएको बताए ।

जय भगवति मेलौली सुनचाँदी

रसुवा इकाई प्रमुख दुर्गाप्रसाद सिलवालले २८० जना विद्यार्थी सर्म्पकविहीन रहेको बताए । सर्म्पकविहीनहरूको अवस्था आधिकारिक रुपमा पुष्टि हुन बाँकी रहेको उनको भनाइ छ । दुवै इकाईले विद्यार्थीको नामवलीसहितको तथ्याङ्क संकलनको क्रममा रहेको जनाए । नुवाकोटको विदुर नगरपालिकाभित्रका मात्र २५० विद्यार्थी सर्म्पकविहीन रहेको शिक्षा शाखाका विद्यालय निरीक्षक नवराज सापकोटाले जनाए । ‘कतै अभिभावक भेटिएका छन् । विद्यार्थी भेटिएका छैनन,’ उनले भने, ‘कतै विद्यार्थी भेटिन्छन् । उनीहरूको अभिभावक फेला नपरेको अवस्था छ ।’ विदुरमा १४२ सामुदायिक र २८ निजी गरी १७० विद्यालय छन् ।

रसुवा र नुवाकोटमा शिक्षक र विद्यालय कर्मचारी गरी २२ जना सर्म्पकविहीन रहेको इकाईहरूले जनाएको छ । त्यसबाहेक धादिङ र गोरखाबाट गोसाईकुण्ड दर्शनका लागि गएका शिक्षकहरू पनि बाढीमा परेर सम्पर्कविहीन भएका थिए । रसुवा इकाईले सामुदायिकका १५ र निजी विद्यालयका १ शिक्षक गरी १६ जना सर्म्पकविहीन रहेको जनाएको छ । नुवाकोट इकाईले ६ जना शिक्षक सर्म्पकविहीन भएको पुष्टि गरेको छ । सामुदायिक विद्यालयका ४ र निजी विद्यालयका २ शिक्षक बाढीपछि सर्म्पकविहिन भएको जनाएको छ । सर्म्पकविहीनमध्ये विद्यार्थी, शिक्षकका शव विभिन्न जिल्लामा फेला परे पनि कति जनाको फेला पर्‍यो भन्ने पुष्टि हुन सकेको छैन ।

नुवाकोटको विदुर नगरपालिका–१० को उत्तरगया पब्लिक स्कुलका सञ्चालक तथा प्रिन्सिपल सोमलाल लावतले कति विद्यार्थी बाढीमा परे भन्ने एकीन गर्न नसकेको जनाए । ‘स्कुलको केहि पनि बाँकी छैन । बगर भएको छ । ढुंगे युगमा फर्के जस्तो भएको छ,’ उनले भने, ‘स्कुलका दुई वटा गाडी भेटिएका छैनन् । एउटा गाडीबाट ३० जना विद्यार्थी निकाल्न सफल भयौं । अरु कति विद्यार्थी बाँचे थाहा छैन ।’ उनका अनुसार ३६२ छात्राछात्र अध्ययरत थिए । अभिभावकसँग पनि सर्म्पक हुन नसकेकाले सर्म्पकविहीन विद्यार्थी संख्या एकीन गर्न नसकिएको उनले जनाए ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page