Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङमा अटो दुर्घटना हुँदा ६ जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बझाङः बझाङमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन।शनिबार बागथला बजारबाट देउरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ६०१२ नम्बरको अटो बागथला बजारको तल्लो बजार नजिक दुर्घटनामा परेको हो। अटो सडकबाट करिब २०० मिटर तल कालङ्गा खोलामा खसेको थियो।

दुर्घटनामा बैतडीको सिगास गाउँपालिका–६ लेकमका १८ वर्षीय अटो चालक योगेन्द्र साउँद, २२ वर्षीय लक्ष्मण साउँद, १६ वर्षीया अस्मिता साउँद, बझाङ थलारा गाउँपालिका–६ का १५ वर्षीय लोकेश साउँद, केदारस्युँ गाउँपालिका–१ जुपालीखेतका १८ वर्षीय योगेश भण्डारी र सिगास गाउँपालिका–६ की १६ वर्षीया गंगा साउँद घाइते भएका छन्। घाइतेमध्ये अस्मिता साउँदको अवस्था गम्भीर रहेको छ, भने अन्य घाइतेको अवस्था सामान्य तथा मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घाइते सबैको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page