Vutlaxapu
Laxmibhuwan sun chadi

कार्तिक १३ देखि मेलौलीमा भलिबल प्रतियोगिता हुँदै,प्रथम पुरस्कार १ लाख ११ हजार १११

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-बैतडीको मेलौलीमा वडास्तरीय खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

जिल्ला खेलकुद समिति बैतडीको आयोजनामा कात्तिक १३ गतेदेखि प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिताका विषयमा जिल्ला खेलकुद समितिले पत्रकार सम्मेलन गरी जानकारी गराइसकेको छ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम हुने टोलीले नगद रु एक लाख ११ हजार १११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै द्वितीय हुने टोलीले रु ७७ हजार ७७७ तथा तृतीय हुने टोलीले रु ४४ हजार ४४४ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

जय भगवति मेलौली सुनचाँदी

जिल्ला खेलकुद समिति बैतडीका अध्यक्ष भूपेन्द्र चन्दका अनुसार प्रतियोगिता सञ्चालनका लागि पूर्वखेलाडी तथा खेलकुदप्रति आस्थावान व्यक्तिहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत नगदसहित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रत्येक वडाबाट एक टोलीले मात्र सहभागिता जनाउन पाउनेछ ।

प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको जिल्ला खेलकुद समिति प्रमुख तर्कराज जोशीले बताए।

यस्तै प्रतियोगितालाई विवादरहित रूपमा सम्पन्न गर्न आफूहरू तयार रहेको बैतडीका भलिबल प्रशिक्षक हरि भण्डारीले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page