Vutlaxapu
Laxmibhuwan sun chadi

नगर प्रवक्ता पाण्डे आगामि निर्वाचनमा नगर-प्रमुखमा दावी गर्ने

Betaleswar sun
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ३ का अध्यक्ष एवं नगर प्रवक्ता अजबबहादुर पाण्डेले आगामी स्थानीय तह निर्वाचनमा नगर प्रमुख पदका लागि दाबी गर्ने बताएका छन्।

बैतडी बुलेटिनसँगको कुराकानीमा पाण्डेले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट दशरथचन्द नगरपालिकाको नगर प्रमुख पदमा आफ्नो दाबी रहने बताएका हुन्।

जय भगवति मेलौली सुनचाँदी

नेकपा एमाले दशरथचन्द नगर कमिटी, बैतडीले आयोजना गरेको दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान एवं अगुवा कार्यकर्ता भेलामा पाण्डेले आगामी निर्वाचनमा नगर प्रमुखका लागि आफूले दाबी प्रस्तुत गर्ने बताएका हुन्।

हाल वडा नम्बर ३ का अध्यक्षसँगै दशरथचन्द नगरपालिकाको प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका पाण्डेले पार्टीभित्र आफ्नो दाबी प्रस्तुत गर्ने स्पष्ट पारेका छन्।

आगामी स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा दशरथचन्द नगरपालिकामा विभिन्न दल तथा आकांक्षी नेताहरूको सक्रियता बढिरहेका बेला पाण्डेको नगर प्रमुख पदमा उम्मेदवारीको दाबीलाई एमाले नगरकमिटीभित्र चासोका साथ हेरिएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page