Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको शाहिलेकमा ट्रक दुर्घटना, मानवीय क्षति हुनबाट जोगियो

Betaleswar sun
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–४ शाहिलेकमा बुधबार राति मालबाहक ट्रक दुर्घटना हुँदा मानवीय क्षति हुनबाट जोगिएको छ।

धनगढीबाट बैतडी सदरमुकामतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख २६११ नम्बरको मालबाहक ट्रक राति करिब ८ः२० बजे दशरथचन्द नगरपालिका–४ शाहिलेक कृषि विकास बैंक नजिकै दुर्घटनामा परेको हो।

जय भगवति मेलौली सुनचाँदी

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ट्रक चालक देहिमाण्डौमै बसेका र सहचालकले ट्रक चलाएका थिए। सोही क्रममा ट्रक दुर्घटनामा परेको हो।

दुर्घटनाका बेला ट्रकमा सवार २० वर्षीय सहचालक दिनेश बोहरा सकुशल रहेका प्रहरीले जनाएको छ। दुर्घटनाबाट मानवीय क्षति नभए पनि ट्रकमा क्षति पुगेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page