Vutlaxapu
Laxmibhuwan sun chadi

आँखा उपचारबाटै नेपालमा भित्रियो डेढ अर्बभन्दा बढी विदेशी मुद्रा

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम

काठमाडौं। आँखा स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि र अन्तर्राष्ट्रिय समुदायले देखाएको विश्वासले नेपाललाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार गरेको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले विदेशी नागरिकलाई उपचार सेवा दिनुका साथै विभिन्न देशमा निःशुल्क आँखा उपचार सेवा सञ्चालन गर्दै आएका छन् ।

जय भगवति मेलौली सुनचाँदी

सङ्घको सञ्जालभित्र २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्र आबद्ध छन् । ती अस्पताल तथा उपचार केन्द्रको उत्कृष्ट सेवाका कारण आँखाको उपचारका लागि काठमाडौं वा सीमापारि धाउनुपर्ने बाध्यता अन्त्य हुँदै गएको छ । पछिल्लो समय सीमापारिबाट आँखाका बिरामी उपचारका लागि नेपाल आउन थालेका छन् । उनीहरूका लागि नेपाली आँखा अस्पताल दृष्टि जोगाउने भरोसाको केन्द्र बन्दै गएका छन् ।नेपाली नेत्र चिकित्सकको दक्षता, आँखा स्वास्थ्य क्षेत्रमा भित्रिएका नवीन उपकरण र गुणस्तरीय सेवालाई सङ्घमा आबद्ध अस्पताल तथा केन्द्रले अधिकतम उपयोगमा ल्याएका छन् । यही विश्वास र भरोसाका कारण नेपालको आँखा स्वास्थ्य क्षेत्रमा नयाँ सम्भावना सिर्जना भएको छ ।आँखा उपचार सेवाले देशको अर्थतन्त्रमा समेत योगदान पुर्‍याउन थालेको छ । सङ्घका प्रमुख वित्त अधिकृत सीए देवराज पन्तले नेपालको आँखा स्वास्थ्य सेवाले देशको अर्थतन्त्रमा योगदान दिन थालेको बताए ।

“नेपालको आँखा स्वास्थ्य सेवाले देशको अर्थतन्त्रमा योगदान पुर्‍याउन थालेको छ । विदेशी बिरामी नेपालको आँखा अस्पतालमा उपचार गर्न आउने क्रम बढिरहेको छ । उनीहरूबाट प्राप्त हुने आम्दानीले नयाँ सम्भावनालाई पनि उजागर गरेको छ”, उनले भने ।नेपालको आँखा स्वास्थ्य सेवा रोगको उपचार र दृष्टि पुनःस्थापनामा मात्र सीमित छैन । यसले मानवीय सेवा, अन्तर्राष्ट्रिय विश्वास र आर्थिक सम्भावनालाई एकै ठाउँमा जोडेको छ । सामाजिक उत्तरदायित्व कायम राख्दै गुणस्तरीय सेवा विस्तार गर्न सके नेपाली आँखा स्वास्थ्य क्षेत्र आर्थिक समृद्धि र विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण आधार बन्न सक्छ ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page