Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा कात्तिक २४ देखि रामलिला महायज्ञ सञ्चालन हुने

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम

बैतडी: संस्कृति संरक्षणका लागि बैतडीको दोगडाकेदारमा यहि कात्तिक २४ गतेदेखि रामलिला महायज्ञ सञ्चालनको तयारी भएको छ ।

दोगडाकेदार सांस्कृतिक समाजको आयोजनामा सञ्चालन हुने रामलिला महायज्ञ श्रीकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा हुनेछ ।

सांस्कृतिक समाजका सदस्य तथा श्रीकोट बहुमुख्री क्याम्पसका प्रमुख दानसिंह कार्कीका अनुसार रामलिलाको तयारी तीब्र रुपमा भइरहेको छ ।

जय भगवति मेलौली सुनचाँदी

रामलिला महायज्ञमा अभिनय गर्ने कलाकारहरुको तालिमलगायतको तयारी तीब्र चलिरहेको छ ।

उहाँले भन्नुभयो,“ धर्म संस्कृतिको जगेर्ना गर्न, युवा पिडीलाई अनुशासनको ज्ञान दिन तथा भगवान रामको जीवनीलाई नयाँ पिडीमा बाँड्न रामलिला आयोजना गरिएको हो । मार्यादा पुरुषोत्तम रामचन्द्र भगवानको जीवनगाथामा आधारित नाटक भएकाले यसबाट सनातन हिन्दु धर्म र सत्यताको पाठको बारेमा पनि सिकाइ हुनेछ ।”

 रामलिलाबाट उठेको चन्दाले सामाजिक र सांस्कृतिक क्षेत्रमा खर्च गरिने उहाँले बताए।

रामलिलालाई व्यवस्थित रुपमा सम्पन्न गर्न राज बहादुर कार्कीको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको सांस्कृतिक समाजका अध्यक्ष मोहनसिंह कार्कीले बताए।

उहाँले भन्नुभयो,“रामलिलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु बनाएर तयारी थालिएको छ । रामलिलामा नाटक गर्ने कलाकारहरुको तालिम पनि सञ्चालन भइरहेको छ ।”सम्पूर्ण श्रद्धालु भक्तजन, धर्मप्रेमी समुदाय र स्थानीयवासीलाई यो अवसरमा सहभागी भई धर्म र संस्कृतिको संरक्षणमा हातेमालो गर्न सांस्कृतिक समाजका अध्यक्ष मोहनसिंह कार्कीले अनुरोध गरेका छन।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page