



बैतडी,
बैतडीको रौलाकेदार मन्दिर नजिकै ज्योतिर्लिङ्ग भवनको निर्माण कार्य सम्पन्न भएको छ । सुर्नया ४ को दुलेमा गत माघ १८ गते देखि निर्माण थालिएको ज्योतिरलिङ्ग भवनको निर्माण कार्य सम्पन्न भएको हो ।
गत माघ १६ गते उक्त स्थानमा ज्योतिर्लिङ्ग स्थापना गरिएको थियो । आनन्द श्री विभुसित बसन्त मोहनशरण देवाचर्यले ज्योतिर्लिङ्ग स्थापना गर्नु भएको थियो ।
भवनको उद्घाट पनि पुजाआजासहित गरिने भएको छ । आज देखि स्वयम आनन्द श्री विभुसित बसन्त मोहनशरण देवाचर्य उपस्थित भई पुजाआज सुरु भएको छ । भोलि नवनिर्मित ज्योतिर्लिङ्ग भवनको उद्घाटन गरिने छ । सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुवँर र दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले भोलि पुजाआजासहित उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
ज्योतिर्लिङ्ग भवन निर्माणका लागि सुरेश महरा र बल बहादुर महराले जमिन दान समेत गरेका थिए ।




