Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु रकम डिलाशैनी र सबैभन्दा कम दोगडाकेदारमा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी–महालेखा परीक्षकको ५९ औं बार्षिक प्रतिवेदन अनुसार बैतडीका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु रकम डिलाशैनी गाउँपालिकामा देखिएको छ। सो पालिकामा १० करोड २४ लाख ९० हजार रुपैंया बेरुजु देखिएको छ । यस्तै जिल्लामा सबैभन्दा कम दोगडाकेदार गाउँपालिकामा १ करोड २२ लाख १९ हजार रुपैंया बेरुजु देखिएको छ ।

जय भगवति मेलौली सुनचाँदी

यस्तै पुर्चौंडी नगरपालिकामा ८ करोड २९ लाख ६९ हजार बेरुजु देखिएको छ । जिल्लाको सिगास गाउँपालिकामा ७ करोड ७३ लाख ४२ हजार बेरुजु देखिएको छ भने सुर्नया गाउँपालिकामा ६ करोड ३० लाख ३० हजार बेरुजु देखिएको छ ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा ४ करोड ७३ लाख ३८ हजार बेरुजु देखिएको छ भने मेलौली नगरपालिकामा ३ करोड ६५ लाख ३८ हजार बेरुजु देखिएको छ । यसैगरी जिल्लाको दशरथचन्द नगरपालिकामा २ करोड २९ लाख ३६ हजार, शिवनाथ गाउँपालिकामा २ करोड ४ लाख ३१ हजार र पाटन नगरपालिकामा १ करोड ७१ लाख ८७ हजार बेरुजु देखिएको छ ।सबै स्थानिय तहमा २०७७÷७८ मा ४८ करोड बढी बेरुजु रकम देखिएको छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page